काठमाडौँ जेसिजको जेसिज सप्ताह समापन कार्यक्रम सम्पन्न

काठमाडौँ जेसिजको जेसिज सप्ताह समापन कार्यक्रम सम्पन्न

२०७५ जेष्ठ, ११ गते शुक्रबार I
काठमाडौँ जेसिजको  जेसिज सप्ताह समापन कार्यक्रम अन्तर्गत आयोजित ” दिगो बिकासका लक्ष्य प्राप्तिका लागि नागरिक समाज र निजि क्षेत्रको भूमिका सम्बन्धमा ”  उधोग बाणिज्य महा संघ टेकुमा काठमाडौँ जेसिजको पुर्ब अध्यक्ष तथा नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर प्रदीप मान बैधको प्रमुख आतित्थ्यतामा  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ I

उक्त कार्यक्रममा कि नोट बक्ताको रुपमा यु .एन. डी. पी. नेपालकी कन्ट्री डेपुटी डाईरेक्टर सोफी केमखाज्ड़े तथा अथिती बक्ताहरु राष्ट्रिय योजना आयोगको पुर्ब उपाध्यक्ष डा. गोबिन्द राज पोखरेल ,नेबिल बैंक ली. का डेपुटी सी.ई.ओ. अनिल केशरी शाह र  नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष तथा उधोग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान रहनु भएको थियो I उक्त समापन समारोहको सभापतित्व काठमाडौँ जेसिजकी अध्यक्ष सिनेटर इनु थापाले गर्नु भएको थियो भने  कार्यक्रम संचालन  काठमाडौँ जेसिजको पुर्ब अध्यक्ष सिनेटर रत्न काजी श्रेष्ठ गर्नु भएको थियो I कार्यक्रम औपचारिक रुपमा राष्ट्रिय गानबाट सुरु गर्दै जेसिज आस्था वाचन काठमाडौँ जेसिजकी उपाध्यक्ष जे.सी. शोभा बस्नेतले गर्नु भएको थियो त्यसै गरी स्वागत मन्तब्य निरुपित उपाध्यक्ष जे.सी. होम राज श्रेष्ठले गर्नु भएको थियो I

 

त्यसै गरी कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रम संयोजक जे.सी. राम राज शर्माले  काठमाडौँ जेसिजले हरेक बर्ष गर्ने “जेसिज सप्ताह” कार्यक्रम अन्तर्गत यस बर्ष पनि  सर सफाई सहीत शिला लेख सिलान्यास , अनाथ तथा असहाय बाल वालिकालाई सहयोग,  गणेश मान सिंह प्रतिष्ठान संग सहकार्य गरी  रक्त दान कार्यक्रम ,  रचनात्मक कक्षा , महा भुकम्पमा परी ज्यान गुमाउनु भएकाको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम र छाला प्रत्यारोपण कसरी गर्ने सम्बन्धमा सचेतना कक्षा  सम्पन्न गरी  सातौ कार्यक्रम अन्तर्गत ” दिगो बिकासका लक्ष्यहरु प्राप्तिका लागि नागरिक समाज र निजि क्षेत्रको भूमिका सम्बन्धमा ” अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको  भनी कार्यक्रम गरिएको बताउनु भयो I
उक्त कार्यक्रममा कि नोट बक्ताको रुपमा बोल्दै यु.एन.डि.पी. की कन्ट्री डाइरेक्टर सोफी केमखाज्देले २०१५ को संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको १७ वटा दिगो विकासका लक्ष्य संयुक्त राष्ट्र संघ, राज्य वा सामाजिक संस्थाले एक्लै काम गरेर पूरा हुँदैन  हरेक व्यक्ति यी उदेश्य प्रती उत्तरदायी हुनुपर्ने र नेपालमा विभिन्न कार्यक्रमगर्न सरकार तथा युवासंस्थाहरु  संग सहकार्य गरिरहेको बताउनु भयो।

त्यसै गरी उक्त कार्यक्रममा बोल्दै डा. गोविन्द राज पोखरेलले दिगो विकासका लागि हरेक व्यक्तिले घर घर बाट केही न केही योगदान दिईरहेका हुन्छन र सरकारले के गर्ला भनेर पर्खी रहनु भन्दा आफ्नो गाउँ ठाउँबाट आफूले सक्ने काम गर्नु पर्छ साथै सरकारले पनि आफ्ना विकासका योजनामा दिगो विकासका लक्ष्यलाई समावेश गरेको जानकारी गराउनु भएको थियो। यसै शिलशिलामा उधोग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले दिगो विकासमा निजि क्षेत्रको लगानी  आवश्यक भएको हुँदा उधोग बाणिज्य वाणिज्य महासंघ सदैव त्यस प्रती सजक रहेको र आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

नबिल बैंकका सी.ई.ओ. अनिल केशरी शाहले आगामी आर्थिक बर्ष देखि नबिल बैंकमा खाता खोल्ने सबैलाइ दिगो विकासका कुन लक्ष्यमा आफुले समर्थन गर्न चाहेको सोधेर कारोबार गर्दा नाफाको १% कट्टी गरि दिगो विकासका सामाजिक काममा खर्च गर्ने खालका निति ल्याउन चाहेको र हरेक क्षेत्रले यस्तै गरे दिगो विकास सम्भव हुने बताउनु का साथै खुल्ल अर्थतन्त्र भएको यो विश्वमा हरेक उधमीले दिगो विकासलाई ध्यानमा राखी काम गर्नु पर्ने कुरा मा जोड दिनु भयो।

उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित जे.सी.आई. किर्तिपुर र जे.सी.आई . कपनका शाखा अध्यक्ष लगायत सहभागीहरुले प्रश्न गर्नुका साथै वक्ताहरुले उत्तर पनि दिनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथी प्रदिप मान बैधले सबै क्षेत्रका नागरिकहरु उत्तरदायी भएर काम गरेको खण्डमा हाम्रो देश माथी उठ्ने र दिगो विकासका लक्ष्य पूरा हुन सक्ने वताउनु भयो। कार्यक्रमको अन्त्यमा काठमाडौं जेसिजकी अध्यक्ष जे.सि.आई . सिनेटर इनु थापाले थोपा थोपा मिलेर समुन्द्र बन्छ भने जस्तै म म मिलेर हामी बन्छ , हामी हामी मिल्यो भने दिगो विकास सम्भब छ भन्दै कार्यक्रममा वक्ता हरुले दिनु भएको मन्तव्यले सबैलाइ फाइदा पुग्ने  अपेक्षा गरेको बताउनु भयो। कार्यक्रमको अन्त्यमा सम्पूर्ण बक्ताहरु तथा प्रदेश न. ३ का क्षेत्र न. ४ क का प्रदेश सभा सभासद नरोत्तम बैध लगायत उपस्थीत सहभागीहरुलाई  धन्यवाद दिदै काठमाडौँ जेसिजका कार्यकारिणी उपाध्यक्ष जे. सी. बिबश कर्माचार्यले धन्यवाद मन्तब्य दिंदै कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रमकको प्रत्यक्ष  प्रशारण माउन्टेन टेलिभिजनबाट भएको थियो भने उक्त कार्यक्रमलाई नबिल फाउन्डेसन, गोरखकाली सिमेन्ट झापा, स्काई मुन ट्राभल्स एण्ड टुर्स ,अक्षदिप फर्मा डिस्टिव्युटर्स, सि.एम. डि. फुडल्याण्ड , क्रेटिभ डि स्टुडियो ,
जब डाइनामिक, ह्वाइट डाँफे लगायत का संस्थाले सहयोग गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *