JCI Kathamandu (Board 2018)

काठमाडौँ जेसिजको ३५ औं शाखा अधिबेसन तथा ४७ औं बार्षिक साधारण सभाबाट पहिलो पटक ४८ औं अध्यक्षको रुपमा महिला उम्मेदवार जे.सी.आई. सेनेटर ईनु थापा सर्ब सम्मत रुपमा निर्बाचित हुनु भएको छ

शनिबार नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जे.सी.आई . सेनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ४७ औं बार्षिक साधारण सभाबाट ईनु थापा सर्ब सम्मत निर्बाचित हुनु भएको हो I ईनु थापाको संचालक समितिमा तीन जना कार्यकारी उपाध्यक्ष – जे.सी.बिबश कर्माचार्य , जे.सी. भुवन कुमार श्रेष्ठ र जे.सी.मुकुन्द दाहाल ,महासचिबमा जे.सी.कैलाश श्रेष्ठ ,कोषाध्यक्षमा जे.सी.अनुप सुनुवार , सह सचिबमा जे.सी.रफी भण्डारी ,सह कोषाध्यक्षमा जे.सी.प्रनिल थापा तथा ६ जना उपाध्यक्षमा जे.सी.एन्जिला खड्का ,जे.सी.रोजी अधिकारी ,जे.सी.शोभा बस्नेत सिंह ,जे.सी. होम राज श्रेष्ठ ,जे.सी.प्रकाश श्रेष्ठ ,जे.सी.रबिन कुमार महर्जन समेत सर्ब सम्मत निर्बाचित हुनु भएको जानकारी निर्बाचन अधिकृत जे.सी.आई . सेनेटर गणेश पौडेलले गराउनु भयो I

सकारात्मक परिबर्तनका लागि मैत्री भाव, सामाजिक दायीत्व र नेतृत्व क्षमता बिकाशका लागि १८ देखि ४० बर्षको युवा वर्ग लाई अवसर प्रदान गर्दै आएको काठमाडौँ जेसिस शासन ब्यक्तीको होइन बिधीको हुनु पर्दछ , मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल आस्थाबाट अभिप्रेरित रही अन्तराष्ट्रिय जेसिज जुनियर चेम्बरको नेपाल जेसिसको अग्रणी शाखाको रुपमा कार्य गर्दै आएको निर्वाचित अध्यक्ष थापाले जानकारी दिनु भयो I

Leave a Reply

Your email address will not be published. Required fields are marked *